Flash News

कृषि उत्पादनलाई प्रवर्द्धन गर्न जरुरी छ: कृषिमन्त्री भुसाल

२३ चैत्र २०७९, बिहीबार १३:५२

भक्तपुर। कृषि तथा पशुपंक्षी विकासमन्त्री डा।वेदुराम भुसालले कृषि उत्पादनलाई प्रवर्द्धन गर्न जरुरी रहेको बताएका छन्।

बिहीवारबाट सुरू भएको भक्तपुर औद्योगिक, सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सवको उद्घाटन गर्दै मन्त्री भुसालले यस्तो बताएका हुन् ।उनले अर्थतन्त्र सबल बनाउन र जीवनलाई स्वस्थ राख्न मौलिक उत्पादनहरुमा जोड दिनुपर्ने बताए । उनले भक्तपुर जिल्ला कृषि उत्पादन गर्ने जिल्लामा प्रमुख रहेको भन्दै उहाँलै मेला महोत्सवमा पनि कृषिजन्य मौलिक उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताए ।

उनले भने, ‘हामीले कृषि उत्पादनलाई प्रवर्द्धन गर्न जरुरी छ ।अर्थतन्त्र सबल बनाउन र हाम्रो जीवनलाई स्वस्थ बनाउन पनि हाम्रा आफ्नै खेतबारीमा उत्पादन हुने मौलिक उत्पादनहरुमा जोड दिनुपर्छ । कृषि सामग्रीहरु किन नराख्ने यस्ता महोत्सवमा । भक्तपुरले यस्ता महोत्सवहरुमा आफ्ना मौलिक कृषि उत्पानलाई प्रस्तुत गर्नुपर्छ।’

मन्त्री भुसालले भक्तपुरले यस्ता महोत्सवहरुमा आफ्ना मौलिक कृषि उत्पानलाई प्रश्तुत गरेर मात्रै कृषि क्षेत्रको व्यापार विस्तार गर्न सहज हुने बताए । सो अवसरमा मन्त्री भुसालले महोत्सवको अवलोकन गरेका थिए । भक्तपुर पुग्ने आन्तरिक तथा वाह्य पर्यटक लक्षित महोत्वस आयोजना गरिएको हो । महोत्सवमा खाद्यान्न, लत्ताकपडा, कृषि तथा हस्तकलाका सामग्री, भाँडाकुँडा, मोबाइल, सवारी साधनलगायतका कक्ष रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्