अन्तर्वार्ता/विचार

एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन अपरिहार्य – ईन्चार्ज बोगटी

१८ श्रावण २०८२, शनिबार १३:०५
नेकपा(एमाले)को सिद्धान्त, विचार, नीति, कार्यक्रम, व्यबहार र नेतृत्व सही सावित हुँदै गरेको कारणलेनै आम नेपालीको भरोसा एवम् रोजाइको पार्टी बन्न सफल भएको हो । पार्टी भित्रैका केही ब्यक्ति दक्षिणपन्थी अवसरवादको रसातलमा फस्ने गरेका तथा महत्वाकांक्षा, पदलोलुपता, रिष, आवेग र आग्रहको चपेटामा पर्दै गर्दाको परिणामस्वरूप एमालेले पटक पटक फुट तथा बिभाजनको पीडा पनि भोग्दै आउनु परेको तथ्य हामी सबैलाई जगजाहेर भएकै बिषय हो । फुट र बिभाजनका कारण क्षणिक समय पार्टीले र सिङ्गो देशले केही नोक्सानी ब्यहोर्नु परेको भएता पनि पार्टीको इतिहासमा पार्टी बिभाजनको यो गलत कार्य कहिल्यै पनि सत्य सावित हुन सकेको छैन ।
नेकपा(एमाले)लाई फुटाएर बैकल्पिक शक्ति निर्माण गर्ने दिवास्वप्ना देखेर पार्टीलाई फुटाउन गरिएका गलत हर्कत कहिल्यै पनि सही सावित हुन सकेको अवस्था छैन । हिजो पार्टीको शीर्ष स्थानमा रहिसकेका केही नेताहरु पार्टी बिभाजनको बहकाउमा लागेर बाहिरिएका मध्येका केही नेताका हिजो आजका अभिव्यक्तिबाट पनि पार्टी फुटाउनु गलत कार्य भएको र सो कार्यले आफू पश्चातापमा भएको अभिव्यक्ति दिने गरेका घट्नाबाट पनि त्यस्तो कार्य गलत भएको पुनर्पुष्टी भएको पाइन्छ । हुनपनी बनेको पक्की घर भत्काएर प्वाल परेको टिनको छानामुनी बस्ने काम कदापि पनि उचित हुने कुरा थिएन । गलत बाटोको रोजाइको परिणाम अन्ततः गलत ठाउँमानै पुग्नुपर्ने थियो र जो भयो पनि ….।
हिजो विभिन्न कारणले एमालेबाट बाहिरिएका हजारौं कार्यकर्ताहरु पुनः एमालेमा सामेल भै पार्टी अभियानमा जुटीसक्नु भएको छ भने यो क्रम देशब्यापी रूपमा जारीनै रहेको पाइन्छ । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा एवम् राष्ट्रिय गन्तब्यलाई सफल पार्नका लागि हाल राष्ट्रिय शक्तिको रुपमा स्थापित नेकपा(एमाले)लाई आगामी दिनमा निर्णायक राष्ट्रिय सक्तिको रूपमा स्थापित गर्न अपरिहार्य छ । यसका लागि नेकपा(एमाले) अझै सुदृढ हुन र अन्य वामपन्थी शक्ति एवम् ब्यक्तिलाइ एमालेमा समाहित गराउन बिशेष ध्यान दिन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्