बागमती प्रदेश

बागमतीका मुख्यमन्त्रीले दिए राजिनामा, भने, ‘सभापतिको निर्देशन माने’

१९ श्रावण २०८२, आईतवार २२:०२

हेटौंडा, १८ साउन । अन्ततः बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा राजीनामा दिएको उनले जानकारी दिए ।

आइतबार पत्रकार सम्मेलन गरी लामाले राजीनामा घोषणा गरेका हुन् । ‘संवैधानिक हिसाबले अझै मुख्यमन्त्री बनिरहने अवस्था रहे पनि पार्टीभित्रको छलफलपश्चात् राजीतिक विधि, पद्धति र मान्यता स्थापित गर्न सभापतिको आग्रह पछि राजिनामा दिएको हुँ,’ उनले भने

पत्रकार सम्मेलनमा मुख्यमन्त्री लामाले पदभार ग्रहण पछिको ३ सय ७४ दिनको कामबारे संक्षिप्त जानकारी गराएका थिए । २०८१ साउन ८ गते उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

लामा बिरूद्द कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको नेतृत्वमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो । त्यसपछि ३७ मध्ये १४ मत मात्रै उनले पाएका थिए भने उनको बिपक्षमा २२ मत परेको थियो ।

सो पछि संसदीय दलको नेतावाट मुक्त भएका उनी बानियाँसँग पराजित भएका थिएँ । लामाले राजिनामा दिए पछि बानियाँको नेतृत्वमा बागमतीमा नयाँ सरकार गठनको बाटो खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्