काठमाडौं, १९ साउन । प्रभु साह नेतृत्वको आम जनता पार्टी निकट आम उद्योग वाणिज्य संघद्वारा आयोजित ूनिःशुल्क स्वास्थ्य शिविरू कालीमाटीस्थित भोलेनाथ काँवरिया संघको आयोजनामा सम्पन्न भएको छ।स्वास्थ्य सेवा कार्यक्रम संघका अध्यक्ष साजन जयसवालको नेतृत्व तथा वरिष्ठ अस्थिरोग विशेषज्ञ डा. सुनिल चौधरीसहितको चिकित्सक टोलीको सहभागितामा सफलतापूर्वक सम्पन्न गरिएको हो।
शिविरको समुद्घाटन भोलेनाथ काँवरिया संघका केन्द्रीय अध्यक्ष राजकुमार साह कलवार तथा कार्यकारिणी अध्यक्ष चुनुलाल जयसवालको विशेष उपस्थितिमा सम्पन्न भएको थियो।
शिविरमा सैयौं स्थानीय सर्वसाधारणले अस्थिपञ्जर, साधारण रोग, रक्तचाप, मधुमेहलगायत विभिन्न स्वास्थ्य समस्या सम्बन्धी परामर्श तथा निःशुल्क औषधि सेवा प्राप्त गरेका थिए।
संघका अध्यक्ष जयसवालले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्तो कार्यक्रम नियमित रूपमा सञ्चालन गरिने प्रतिबद्धता जनाए। आयोजकहरूका अनुसार शिविरबाट सयौं सर्वसाधारण लाभान्वित भएका छन्।