Flash News

‘नेपालमा अन्धोपन निवारण गर्नमा लायन्स क्लब महत्त्वपूर्ण छ’

२५ चैत्र २०७९, शनिबार ०७:०२

काठमाडौँ। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपालमा राष्ट्रव्यापी आँखा उपचारमा लायन्स क्लबले महत्त्वपूर्ण सहयोग गरेको बताएका छन्।

शनिबार काठमाडौँमा भएको लायन्स क्लबको अधिवेशनमा बोल्दै उनले नेपालमा अन्धोपन निवारण गर्न लायन्स क्लबले उल्लेखनीय काम गरेको बताए।

सभामुख घिमिरेले वातावरण प्रदूषण बढिरहेको बेला वातावरण सफा राख्न, भूकम्पका बेला पनि राहत तथा उद्धारको काममा लायन्स क्लबले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । भूकम्पका बेला ४५ करोडभन्दा बढी सहयोग जुटाएर विद्यालय बनाउन सफल भएकोमा धन्यवाद व्यक्त गरे ।

सामाजिक काममा लायन्स क्लबले खेलेको भूमिकाको प्रशंसा गर्दै उनले आगामी दिनमा पनि सामाजिक काममा लाग्न आग्रह गरे । साथै त्रिवि लायन्स रगत बैंक स्थापना गर्न लागेकोमा सफलताको कामना पनि उनले गरे ।

प्रतिक्रिया दिनुहोस्