राजनीनिती

पछिल्लो २४ घण्टामा ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि

२५ चैत्र २०७९, शनिबार १३:२५

काठमाडौँ। पछिल्लो २४ घण्टामा देशभर थप ६४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ।

१ हजार १७० वटा नमुनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४१ तथा एन्टिजेन विधिबाट २३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यही अवधिमा थप ५७ जना सङ्क्रमणमुक्त पनि भएका छन् । योसँगै देशभर पीसीआर विधिबाट सक्रिय सङ्क्रमितको सङ्ख्या ३५७ पुगेको छ । त्यस्तै, थप २० हजार २५७ जनाले कोरोनाभाइरसविरुद्धको खोप पनि लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्