राजनीनिती

पाटनको स्ववियु सभापतिमा नेविसंघका वागी उम्मेदवार सुशील बिष्ट विजयी

२६ चैत्र २०७९, आईतवार ०२:०१

काठमाडौँ। ललितपुरको पाटन क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका बागी उम्मेदवार सुशील बिष्ट विजयी भएका छन्।

नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले युवराज लामा ‘थिङ’ लाई स्ववियु सभापतिको टिकट दिएपछि बिष्टले स्वतन्त्र उम्मेदवारी दिएका थिए। सचिव पदमा अनेरास्ववियुका अभिनाष भण्डारी र कोषाध्यक्षमा पनि अनेरास्वयुविकै तिलक बहादुर कुमाल विजयी भएका छन्।

दुई जना सदस्य अखिल क्रान्तिकारीका विजयी भएका छन्। अन्य सदस्यहरुमा अनेरास्वयुका उम्मेदवार विजयी भएका छन्। पाटन क्याम्पसमा चैत ५ गते हुन नसकेको स्ववियु निर्वाचन चैत २५ गते भएको थियो।

चैत ५ गतेको चुनावको लागि नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले सुशील विष्टलाई सभापतिको उम्मेदवारको टिकट दिएपछि विष्टले उम्मेदवारी दर्ता गराएका थिए।

तर, उक्त दिनको चुनाव स्थगित भएर २५ गते सरेपछि अध्यक्ष शेर्पाले युवराज लामालाई सभापतिको टिकट दिएपछि असन्तुष्ट विष्टले स्वतन्त्र उम्मेदवारी दिएका थिए। अध्यक्ष शेर्पाले नेविसंघका दुई जनालाई स्ववियु सभापति उम्मेदवारको टिकट दिएपछि आधिकारिकताको विवादसमेत भएको थियो।

प्रतिक्रिया दिनुहोस्