राजनीनिती

पछिल्लो २४ घण्टामा ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि

२६ चैत्र २०७९, आईतवार १२:५२

काठमाडौँ। पीसीआर विधिबाट सङ्क्रमण पुष्टि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या ३ सय ९६ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र थप ५५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

१ हजार २१६ जनाको नमुना परीक्षण हुँदा पीसीआर विधिबाट ५० जना र एन्टीजेन विधिबाट ५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो । यही अवधिमा थप ११ जना सङ्क्रमणमुक्त पनि भएका छन् । त्यस्तै, २७ हजार ९७६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्