Flash News

कर्णाली प्रदेश सरकारबाट एमाले बाहिरियो

२६ चैत्र २०७९, आईतवार १३:५७

सुर्खेत। कर्णाली प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ।

आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह, सामाजिक विकास मन्त्री टेकराज पछाई र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जीतबहादुर मल्लले मुख्यमन्त्री राजकुमार शर्मालाई भेटेर आइतबार सामूहिक राजीनामा बुझाएका हुन्।

संघमा गत पुस १० को गठबन्धन टुटे पनि कर्णाली प्रदेशमा भने नेकपा एमाले ३ मन्त्रालयको जिम्मेवारीसहित चैत २६ गते (आजसम्म) सरकारमा रहेको थियो।

गत १७ चैतमा प्रमुख प्रतिपक्षको भूमिकामा रहेको कांग्रेसले केन्द्रीय गठबन्धन अनुसार नै अघि बढ्ने उद्देश्यसहित सरकारलाई विश्वासको मत दिएको थियो।

प्रतिक्रिया दिनुहोस्