Flash News

३७ वर्षपछि सुनथरालीमा विमान परिक्षण गरिने

२७ चैत्र २०७९, सोमबार ०३:००

काठमाडौँ। निर्माण सुरू भएको करिब ४० वर्षपछि सुनथराली विमानस्थलमा विमान परिक्षण उडान गरिने भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरण, सुनथराली विमानस्थल आयोजनाका अनुसार बैशाखको पहिलो हप्ता विमान परिक्षण उडान गरिने भएको छ। २०४२ सालमा तत्कालीन जिल्ला विकास समिति कालिकोटले १ लाख रकम विनियोजन गरेर काम सुरू गरेको थियो।

नरहरीनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र बिष्टले ६ सय ४० मिटर लामो धावनमार्ग, टर्मिनल भवन, सुरक्षा गार्ड भवन, प्रशासनिक भवन निर्माण कार्य सम्पन्न भएको बताए। अध्यक्ष बिष्टका अनुसार राज्यको गैर जिम्मेवारपनका कारण विमानस्थल निर्माणमा खटिएका ३६ जना नागरिकले अनाहकमा ज्यान गुमाउनु परेको थियो।

२०५८ सालमा सशस्त्र द्वन्द्वका क्रममा विमानस्थल बनाइरहेका धादिङ जोगिमाराका १७ सहित ३५ जनाको एक स्थानीयको घरमा नेपाली सेनाले हत्या गरेको थियो। त्यसयता बन्द रहेको विमानस्थलको निर्माण कार्य देशमा शान्ति स्थापना पछि पुनः सुरू गरिएको थियो।

२०७३ माघ २९ गते सरकारले ३५ जनाको एउटै चिहान भएको विमानस्थलमा परीक्षण उडान गरेको थियो। चिहानमाथि चिलगाडी अवतरण गर्दा खुसी भएका स्थानीयको खुसी क्षणमै हरायो। तत्कालीन पर्यटन मन्त्री जीवनबहादुर शाहीले परिक्षण उडान गरेका थिए।

सुनथराली विमानस्थलमा नियमित जहाज उडान भएको खण्डमा नहरीनाथको उत्पादनको बजारी करण र पर्यटन प्रवर्द्धनसँगै रोजगारी सिर्जना हुने स्थानीय जनताका बुझाई छ।

प्रतिक्रिया दिनुहोस्