राजनीनिती

भाद्र ७ गते कर्णालीको बृहत महिला भेला तथा तीज विशेष कार्यक्रम हुदै

४ भाद्र २०८२, बुधबार १७:२०

काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी महिला बिभागको आयोजनामा यही भाद्र ७ गते संकरदेब क्याम्पस, पुतलीसडक, काठमाडौंमा कर्णाली प्रदेशका १० वटै जिल्लाको जनसहभागीतामा बृहत महिला भेला तथा हरितालिका तिज बिशेष कार्यक्रम हुने भएको छ ।

बृहत महिला भेला तथा हरितालिका तिज बिशेष कार्यक्रममा नेकपा एमाले केन्द्रिय कमिटी उपाध्यक्ष तथा महिला नेतृ अष्टलक्ष्मी शाक्यको प्रमुख अतिथ्यतामा सम्पन्न हनेछ । कार्यक्रममा नेकपा एमाले सम्पर्क समन्वय कमिटी, १० वटै जिल्ला सम्पर्क मञ्चहरु लगायत सम्पुर्ण कर्णाली बासी महिला दिदि बहिनीहरुको ब्यापक उपस्थिती रहने छ ।

कार्यक्रममा १० जिल्ला सम्पर्क मञ्चहरुको तर्फबाट तिज बिशेष मौलिक संस्कृती झल्कने झाकीहरु पनि प्रस्तुत हने नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटीका अध्यक्ष भक्त ब. रावतले हिमालय प्रेसलाई जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्