राजनीनिती

प्रचण्ड रवि लामिछानेलाई भेट्न नख्खु कारागार जादै

४ भाद्र २०८२, बुधबार १७:३०

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार जाने भएका छन् ।

रास्वपा प्रवक्ता मनिष झाका अनुसार प्रचण्ड साँझ ६ बजे लामिछानेलाई भेट्न नख्खु कारागार जाने भएका हुन् ।

बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा संलग्नताको आरोपमा गत चैत २५ गतेदेखि पुर्पक्षका लागि रुपन्देही कारागारमा रहेका लामिछानेलाई गत साउन ३१ गते ललितपुरस्थित नख्खु कारागार ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्