राजनीनिती

कर्णाली प्रदेश सम्पर्कको महिला भेला तथा तिज कार्यक्रम सम्पन्न

७ भाद्र २०८२, शनिबार २२:०१

काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटीद्धारा आयोजित जित बिशेष तथा महिला भेला कार्यक्रम काठमाडौंको संकरदेब क्याम्पसमा आज सम्पन्न भएको छ ।

कार्यक्रम नेकपा एमालेका उपाध्यक्ष तथा बागमती प्रदेशका पुर्ब मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको प्रमुख आतिथ्यतामा र नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश कमिटी ईन्चार्ज गोरख ब. बोगटीको बिशेष आतिथ्यतामा र नेकपा एमालेका पोटिब्युरो सदस्य मोहन बानिया, केन्द्रिय कमिटी सदस्य तथा कर्णाली प्रदेश सम्पर्क कमिटी ईन्चार्ज कल्पना थापा, केन्द्रिय सदस्य निरज आचार्य, दल फडेरा, बिष्णु रिजाल, ईन्द्र भण्डारी, सम्पर्क समन्वय कमिटीका संयोजक श्याम कुमार बस्नेत, सह संयोजक थानेश्वर बस्याल, सचिवालय सदस्य सत्यादेबी खडका, सदस्यहरु जेबी शाही, देविलाल रावल, देबिकृष्ण चौलागाई, कर्णाली प्रदेश सम्पर्क कमिटीका अध्यक्ष भक्त ब. रावत, कर्णाली प्रदेश कमिटीका सदस्य कमल शाही, तपेन्द्र शाही, सुर्य कुमारी श्रेष्ठ, सुमित्रा बिसी लगायतको आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रम नेकपा एमाले कर्णाली प्रदेश कमिटी उपाध्यक्ष तथा महिला बिभाग प्रमुख पुजा शाही बस्नेतको अध्यक्षतामा र कमिटीका सचिव लोकेन्द्र रोकाको संचालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी अष्टलक्ष्मी शाक्यले तिजको बिशेषता र महिला अधिकारका बिषयमा प्रकाश पार्नु भएको थियो भने बिशेष अतिथी गोरख ब. बोगटी, अतिथीहरु कल्पना थापा, भक्त ब. रावत, सुर्य कुमारी श्रेष्ठ, सुमित्रा बिसीले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा कर्णालीका १० वटै जिल्ला सम्पर्क मञ्चहरुले आफ्नो आफ्नो कला प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्