राजनीनिती

अखिल नेपाल महिला संघ(अनेमसंघ) हुम्लाको अध्यक्षमा प्रतिमा लामा

१२ भाद्र २०८२, बिहीबार २१:२४
सिमकोट । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ(अनेमसंघ) हुम्ला जिल्लाको चैाथो सम्मेलनबाट अध्यक्ष -प्रतिमा लामा, उपाध्यक्ष -पाण्डवी बुढा, उपाध्यक्ष -सिंहसरा नेपाली, सचिव -सर्मिता बुढा, उप सचिव-तारा लामा, कोषाध्यक्ष-बिष्णु रावत लगायत सदस्यहरू सर्वसम्मत निर्वाचित भएका छन।
हुम्लाको सदरमुकाम सिमकोटमा भएको अनेमसंको चौथो सम्मेलनमा नेकपा एमालेका केन्द्रिय कमिटी सदस्य तथा कर्णाली प्रदेशका पुर्ब सामाजिक मन्त्री दल रावलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ भने अनेमसंघ केन्द्रिय सदस्य तथा निबर्तमान जिल्ला अध्यक्ष मन्जु रावलको अध्यक्षतमा सम्पन्न भएको थियो ।
सम्मेलनको उद्घाटन गर्दै प्रमुख अतिथी दल रावलले चौथो सम्मेलनको भब्य शुभकामना दिनु भएको थियो भने महिला अधिकारका बिषयमा जोडदार आवाज उठाउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्