काठमाडौं । नेपाली जनताको हितरक्षार्थ,नेपाल राष्ट्र,राष्ट्रियता,राष्ट्रिय अखण्डता तथा सार्वभौमिकताका बारेमा दृढतापुर्वक उभिदै र आवाज बुलन्द पार्दै आउनु भएका नेकपा(एमाले) का अध्यक्ष एवम् नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपती सिचिन फिङसङगको भेटवार्तामा लिपुलेक,कालापानी र लिम्पियाधुरा नेपालको भएको ऐतिहासिक तथ्यसहित स्पष्ट पार्नु भएको छ ।
भारत र चीनबीच हालै भएको लिपुलेकलाइ ब्यापारिक मार्ग बनाउने भनी भएको सहमतिप्रती ठाडै आपत्ति जनाउनु भएको छ ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश कमिटीका ईन्चार्ज गोरख ब. बोगटीले प्रधानमन्त्रीको सकारात्मक पहलप्रती हार्दिक आभार प्रकट गर्नु भएको छ ।