कर्णाली प्रदेश

हुम्ला जैरको सिर्जनशिल प्रा.बि. गाभ्ने निर्णय बिरुद्ध माझगाउ बासी उत्रे आन्दोलनमा

१७ भाद्र २०८२, मंगलवार २१:५६

हुम्ला । सर्केगाड गाउँपालिकाको १ (जैर) वडास्थित माजगाउँको सिर्जनशील प्रा.वि.लाई गाउँवासी र विद्यालय ब्यवस्थापन समितीको रायविना नै विहानी प्राविमा गाभ्ने गाउँपालिकाको निर्णय विरुद्ध जनता आन्दोलित भएका छन् । पालिकाको सो निर्णयको विरुद्धमा मंगलबार माजगाउँवासीले वडा कार्यालयमा तालाबन्दी समेत गरेका छन् ।
जैरको सिर्जनशील प्रा.वि. गाभ्ने निर्णय विरुद्ध माझगाउँबासी आन्दोलनमा उत्रेका छन् । माझ गाउँबासीलाई गाउपालीका र वडा कार्यालयले समेत राय नलिई डिलगाउँ र भिटागाउँलाई समेत पाईक पर्ने ठाउँको विद्यालयलाई विहानी प्रा.वि.मा गाभ्ने निर्णय विरुद्ध आफूहरुले तालाबन्दी समेत गरेको स्थानीय प्रयागलाल बुढाले बताएका छन् ।

त्यसैगरी सो विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष रुपलाल रावतले आफूलाईसमेत जानकारी नदिई गाभ्ने निर्णय गलत भएको बताउँदै सामाजिक सञ्जालमा स्टाटस मार्फत असन्तुष्टी समेत पोखेका छन् ।

विद्यालय ब्यवस्थापन समिती अध्यक्ष रावतले लेखेको स्टाटस यस्तो छ ।
“श्री सर्केगाड गाउँपालिकाका अध्यक्ष,उपाध्यक्ष लगायत
वडा न १ का वडा अध्यक्ष ज्यु
विषय : विद्यालय मर्ज बारे ।
यस सिर्जनशील विद्यालय मर्ज राज्यको नीति अनुसार गर्नुपर्ने हो, तर ‘आफ्नो हात जगन्नाथ’ गरियो किनभने विद्यालयको प्रअ र वडा अध्यक्षको गोप्य मिलोमतोमा यस विद्यालय विहानीमा मर्ज गरेकोले कुनै विव्यससँग, जनसमुदायसँग राय सल्लाह सुझाव सङ्कलन नगरी आफ्नै मनपरी ढङ्गले गरेकोले यो समुदायको लागि असहज परिस्थिती बनेको छ । तर पालिका तथा शिक्षा शाखाले गणतन्त्र र सिर्जनशील मर्ज गर्ने भनेको राता रात कसरी चेन्ज भो ? यो कुनै हालतमा विहानीमा मर्ज हुन सक्दैन । बरु २०६८ सालमा यो विद्यालय सरस्वती माविबाट नेपाल सरकार शिक्षा मन्त्रालयबाट छुट्टाछुट्टै गरिएको थियोे । पुनः १ देखि १२ सम्म पुनर्मिलन गर्नसम्पुर्ण सरोकारवालाहरु सङ्ग ध्यानाकर्षण गर्न चाहन्छु । यो अवस्था अनुसारको व्यवस्था नि सराहनिय छ ।”

प्रतिक्रिया दिनुहोस्