Flash News

माओवादीको सचेतकमा रुपा सोशी चौधरी चयन

२९ चैत्र २०७९, बुधबार ०२:५७

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) को सचेतकमा सांसद रुपा सोशी चौधरी चयन भएकी छन्।

सिंहदरबारमा मंगलबार बसेको संसदीय दलको बैठकले उनलाई सचेतकमा चयन गर्ने निर्णय गरेको सांसद माधव सापकोटाले जानकारी दिए। चौधरी समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएकी हुन्। उनी कैलालीबाट प्रतिनिधित्व गछिन्। माओवादीले यसअघि मुख्य सचेतकमा हितराज पाण्डेलाई चयन गरिसकेको छ।

बैठकले संसदमा सशक्त ढङ्गबाट प्रस्तुत हुने तथा सदनमा प्रस्तुत हुने विधेयकमा प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय गरेको सांसद सापकोटाले जानकारी दिए।

सरकारले सदनमा प्रस्तुत गर्ने आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेटका सन्दर्भमा सक्रियतापूर्वक लाग्ने निर्णयसमेत बैठकले गरेको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई टुङ्गोमा पु¥याउन दलहरूसँग भएका छलफलका बारेमा ‘ब्रिफिङ’ गरेका थिए।

प्रतिक्रिया दिनुहोस्