Flash News

आज यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

२९ चैत्र २०७९, बुधबार ०३:००

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार तीनवटा प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ।

विभागका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ। देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू(भागको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।

साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ। बुधबार राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ।

प्रतिक्रिया दिनुहोस्