काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जेनजीको प्रदर्शनमा १९ जनाको ज्यान जाने गरीको घटनाले मर्माहत भएको बताएका छन् ।
राष्ट्रपतिको सचिवालयबाट सोमबार साँझ जारी गरेको प्रेस नोटमा उनले सोमबारको जेनजीको प्रदर्शनप्रति चासो राख्दै शान्ति र संयमपूर्वक समस्याको निकास निकाल्न अपिल गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ- ‘मुलुकको वर्तमान परिस्थितिको बारेमा गम्भिर चिन्ता व्यक्त गर्दै मुलुकभर आज भएको जेनजी पुस्ताको प्रदर्शनका क्रममा ठूलो संख्यामा नागरिकहरूको हताहत भएको घटनाले आफू मर्माहत भएको बताउनुभएको छ । उहाँले प्रर्दशनका क्रममा निधन भएका नागरिकका परिवारप्रति गहिरो समवेदना तथा सहानुभूति व्यक्त गर्दै घाइतेहरूको शीघ्र उपचारका लागि सरकारलाई आग्रह पनि गर्नुभएको छ !’