Flash News

केपी ओली फेरि संसद विघटन गर्ने दाउमा छन्: माधव नेपाल

२९ चैत्र २०७९, बुधबार ०८:३६

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले संसद विघटनको दाउमा रहेको आरोप लगाएका छन्।

बुधवार सुनसरी पुगेका अध्यक्ष नेपालले सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली संसद विघटन गर्ने दाउमा रहेको बताएका हुन्। उनले संविधान मिच्ने कुरालाई आफूले समर्थन गर्न नसक्ने भन्दै ओलीको उक्त सोचलाई पूरा हुन नदिने बताए।

उनले भने, ‘हामीले सुनेका छौं। नेकपा एमाले संसद विघटन गरेर मध्यावधि चुनावमा जाने दाउमा छ। तर हामी त्यो बाटोमा जान सक्दैनौं। केपी आलीको त्यो संविधान मिच्ने कुरालाई हामी समर्थन गर्न सक्दैनौं।’

नेता नेपालले मन र विचार मिल्नेहरूसँग बहस र छलफल गर्न तयार रहे पनि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भने एकताको सम्भावना नरहेको बताए।

प्रतिक्रिया दिनुहोस्