Flash News

गृहमन्त्री र भारतीय राजदूतबीच भेट

२९ चैत्र २०७९, बुधबार ०८:४८

काठमाडौं। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ ।

भरतीय राजदुत श्रीवास्तवले सिंहदवारथित गृहमन्त्रालयको कार्यालयमा पुगेर मन्त्री श्रेष्ठसँग शिष्टाचार भेट गरेका हुन् ।

भेटमा दुई देशबीचको आपसी समझदारी र सहकार्यको विषयमा छलफल भएको गृहमन्त्रालय सचिवालयले जनाएको छ । भारतीय राजदूत श्रीवास्तवले उपप्रधान एवं गृहमन्त्री श्रेष्ठलाई बधाई तथा शुभकमना दिए ।

प्रतिक्रिया दिनुहोस्