Flash News

‘कोर टिम’ बारे ठन्डा दिमागले सोचेर कदम चाल्छु: ढाकाकुमार श्रेष्ठ

२९ चैत्र २०७९, बुधबार १५:४०

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट निष्काशित ढाकाकुमार श्रेष्ठले पार्टीको कारबाही प्रक्रियागत लगत भएको टिप्पणी गरेका छन्।

बुधबार पार्टीका सभापति रवि लामिछानेले आयोजना गरेको पत्रकार सम्मेलनमा उठेका विषयको प्रतिवाद गर्ने श्रेष्ठको भनाई छ। उनले भने, ‘तुरुन्तै धेरै प्रतिक्रिया दिने पक्षमा म छैन। तर, अडियो सुनेर कारबाही गर्ने साथीहरुले त्यही अडियोमा उठेको कुराको सम्बोधन चाहिँ गर्नु पर्छ कि पर्दैन? त्यहाँ कोर टिमको कुरा उठेको छ।’

उनले विभिन्न सञ्चारमाध्ययमलाई दिएको जानकारीमा भनेका छन्, ‘त्यसको खोजी गर्न सक्छन् उनीहरू? जे कुराको पनि प्रक्रिया हुन्छ। मलाई निलम्बित गरेको, अनि तुरुन्तै सदस्यता नै नरहने घोषणा गरेको सुनियो। अस्ति रवि लामिछानेजीको नागरिकतासमेत नरहँदा तत्काल पार्टी सभापति नरहे पनि भोलिपल्टै सभापति बनाएको होइन र ? उहाँले नागरिकता पाए पनि अदालतमा मुद्दा त छँदै थियो। यस्तो बेलामा पनि हामीले उहाँलाई सभापति मानेकै हो। अहिले मसँग अर्कै व्यवहार गरियो। यस्तो नि कहीँ पार्टी हुन्छ? कुराहरु धेरै छन्। अहिले धेरै नखोलौं। मैले आज ठन्डा दिमागले सोचेर आफ्नो कदम चाल्छु।’

प्रतिक्रिया दिनुहोस्