राजनीनिती

राष्ट्रपति र सभामुखबीच शीतल निवासमा भेटवार्ता 

२७ भाद्र २०८२, शुक्रबार ००:०८

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीच भेट भएको छ । विहीबार साँझ ७ बजेतिर शीतल निवासमा भेट भएको सभामुखका सञ्चारविज्ञ शेखर अधिकारीले जानकारी दिए ।

भेटमा सभामुख घिमिरेले संसद बस्नुपर्ने र बोलाउनुपर्ने धारणा राखेका थिए । साथै पछिल्लो परिस्थितिको निकासबारे के सोच्नुभएको छ भनेर राष्ट्रपतिलाई सोधेका थिए । ‘सभामुखज्यूले संसद बस्नुपर्छ । बोलाउनुपर्छ भन्नुभयो । साथै पछिल्लो परिस्थितिको निकासको बारे के सोच्नुभएको छ भनेर जिज्ञासा राख्नुभयो,’ सञ्चारविज्ञ अधिकारीले भने, ‘राष्ट्रपतिले संविधानको अधिनमा रहेर संविधानभित्रैबाट निकास खोज्छु भन्नुभएको छ ।’
राष्ट्रपति पौडेलले संसद विघटनबारे पनि चासो राखेका थिए । सभामुखसँगको भेटपछि सभामुख घिमिरेले पछिल्लो परिस्थितिको निकासका लागि कानुनविद्सँग छलफल गरेका छन् ।

Source : nayapatrika.com

प्रतिक्रिया दिनुहोस्