राजनीनिती

संसद विघटन हुनु विडम्बनापूर्ण- महासचिव पोखरेल

२७ भाद्र २०८२, शुक्रबार २०:५५

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले संसद विघटन हुनु विडम्बनापूर्ण विषय भएको प्रतिक्रिया दिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी समुहबाट प्रस्तावित सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने र संसद विघटन गर्ने निर्णय गरेसँगै एमाले महासचिवको यस्तो प्रतिक्रिया आएको हो ।

महासचिव पोखरेलले विगतमा बहुमतको प्रधानमन्त्रीले संसद् विघटन गर्दा त्यसलाई असंवैधानिक भन्दै मुद्दा हाल्ने र फैसला सुनाउनेहरू अहिले स्वयं विघटनतर्फ अग्रसर हुनु विडम्बनापूर्ण विषय भएको बह्न्दै सतर्क रहन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्