राजनीनिती

राष्ट्रपतिको निर्णय असंबैधानिक- नेपाल बार

२८ भाद्र २०८२, शनिबार ०९:४२

काठमाडौं । नेपाल बार एशोसिएशनले प्रतिनिधिसभा विघटन गरी नयाँ सरकार बनाउने राष्ट्रपतिको निर्णयलाई स्वेच्छाचारी र असंवैधानिक निर्णय भएको बताएको छ ।

बारले शुक्रबार राति प्रेस विज्ञप्ती जारी गर्दै राष्ट्रपतिको कदम असंवैधानिक भएको बताउदै भर्त्सनायोग्य भनेको छ ।

बारले यो कदमले नेपाली जनताले लोकतन्त्रको लागि गरेको लामो र कठिन संघर्षलाइ गम्भीर रुपमा कमजोर पार्ने र लोकतन्त्र, गणतन्त्र र समावेशिता सहितको संघियता जस्ता उपलब्धीलाइ खोस्ने तर्फ लक्षित रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्