राजनीनिती

म अन्तरिम मन्त्रीमण्डलमा जान लागेको हैन- सुमना श्रेष्ठ

२८ भाद्र २०८२, शनिबार ११:२२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सुमना श्रेष्ठले आफु अन्तरिम सरकारमा नजाने स्पष्ट गरेकी छन् । मिडिया र सामाजिक सञ्जालमा सुमना मन्त्री बन्न लागेको चर्चा शुरु भएपछि उनले आफु मन्त्रिमण्डलमा नजाने स्पष्ट गरेकी हुन् ।

सुमनाले नयाँ सरकारलाई आफ्नो पूर्ण समर्थन रहेको भन्दै यो सरकारलाई असफल हुने छुट नभएको बताएकी छन् ।

उनले भनेकी छन्-   

मेरो यस सरकारप्रति पूर्ण समर्थन छ। यो सरकारलाई असफल हुने सहुलित छैन,  पृष्ठभूमिमा बसेर यो सरकारलाई सफल गराउन मेरो अनुभव, सञ्जाल र समय दिनेछु, तर कुनै मन्त्रीको पद भने लिने छैन ।  हरेक आन्दोलन पछि जसको विरुद्ध आन्दोलन भएको हो त्यही पुरानो शक्तिसँग लसपस हुँदा आन्दोलनको मर्म प्रदुषित भएको छ । यसपालिको आन्दोलनमा म त्यस्तो प्रदुषणको कारक बन्दिन, यसको उपलब्धि संस्थागत गर्न दिलो ज्यान दिएर काम गर्छु । सत्ता होइन, सेवा गर्ने ! कुर्सी होइन, कर्म गर्ने ! नाम होइन, काम गर्ने !

प्रतिक्रिया दिनुहोस्