राजनीनिती

एमाले अध्यक्ष ओलीसंग केन्द्रिय सदस्य दल फडेराको नेतृत्वमा भेटघाट

१५ आश्विन २०८२, बुधबार १८:५७

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा निबर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसंग नेकपा एमालेका केन्द्रिय कमिटी सदस्य दल फडेराको नेतृत्वमा हुम्लाका एमालेका शुभचिन्तक तथा कार्यकर्ताहरुले निजि निवास, गुण्डु, भक्तपुरमा भेटघाट गरेका छन ।

भेटघाटमा बर्तमान समसमयिक राजनीतिक अबस्थाको बारेमा छलफल भएको थियो ।

भेटघाटका अन्य सहभागीहरुमा नेकपा एमालेका कर्णाली प्रदेश कमिटी सदस्य डबल रावत, नेपाल बौद्धिक परिषद केन्द्रिय उपाध्यक्ष गोबिन्द ब. शाह्री, सम्पर्क बिशेष कमिटीका सदस्य देविलाल रावल, स्थानिय निकाय बिभागका सदस्य खगेन्द्र कार्की,  मुक्ती समाजका नेता तथा नेकपा एमालेका पुर्ब अञ्चल कमिटी सदस्य प्रकाश सुनार, एमाले हुम्लाका पुराना नेता सुरेन्द्र कार्की, कर्णाली प्रदेश सम्पर्क कमिटीका उप सचिव बिरजन महतारा, जिल्ला कमिटी हुम्लाका लेखा कमिटी अध्यक्ष गोरख ब. बिष्ट, चंखेली गाउपालिकाका पुर्ब उपाध्यक्ष बिमला शाही, कर्णाली प्रदेश सम्पर्क कमिटीका सदस्य करजित धामी, जिल्ला कमिटी सदस्य जगत शाही र हिरानन्द बुढा लगायतको भेटघाट भएको थियो ।

प्रतिक्रिया दिनुहोस्