राजनीनिती

प्रदेश खारेज गर्नेबारे सिंहदरबारमा छलफल

२१ आश्विन २०८२, मंगलवार १७:११

काठमाडौं – अन्तरिम सरकारले प्रदेश खारेजीको सम्भावनाबारे मुख्यमन्त्रीहरुसँग छलफल गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय उच्च स्रोतका अनुसार प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरू र केही उच्च कर्मचारीहरू छलफलमा सहभागी छन् ।

छलफलमा आगामी निर्वाचन, निर्वाचन प्रणाली र प्रदेशको औचित्यका विषयमा छलफल भइरहेको स्रोतको भनाइ छ । प्रदेशका मुख्यमन्त्रीहरूलाई प्रधानमन्त्री कार्कीले काठमाडौं बोलाएकी थिइन् ।

छलफलमा सात प्रदेशका मुख्यमन्त्री सहभागी भए नभएको भने खुलेको छैन । केहीबेर अघि देखी सिंहदरबारमा छलफल चलिरहेको स्रोतले बताएको छ ।

source : motivatenews.com

प्रतिक्रिया दिनुहोस्