Flash News

काठमाडौँ विश्वको सबैभन्दा प्रदूषित सहर

३ बैशाख २०८०, आईतवार ०८:२४

काठमाडौँ। काठमाडौँ उपत्यका विश्वको सबैभन्दा प्रदूषित सहर बनेको छ ।

देशका विभिन्न स्थानमा लागेको डढेलोका कारण आइतबार काठमाडौँ विश्वको सबैभन्दा प्रदूषित सहरको सूचीमा सूचीकृत भएको हो । फोरा दरबारमा रहेको प्रदूषण मापन केन्द्रले काठमाडौँ उपत्यकाको प्रदूषण तह २१८ पुगेको देखाएको छ ।

कुनै पनि सहरको प्रदूषण तह २ सय नाघेमा त्यसले सबै उमेर समूहका व्यक्तिको स्वास्थ्यलाई असर पार्ने चिकित्सकहरू बताउँछन् । तराईसहितका शहरमा दिउँसो प्रदूषण घटे पनि काठमाडौँ उपत्यकामा थिग्रिएको प्रदूषणका कण बाहिरी निस्किन नसक्दा बाह्य वातावरण खराब बनेको वातावरणविदहरुको भनाई छ । पछिल्ला एक सातादेखि नेपालका वनजंगलमा दैनिक ६ सयभन्दा धेरै ठाउँमा डढेलो लागिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्