Flash News

प्रमको भारत भ्रमणको तयारी सुरु भइहाल्छ: परराष्ट्रमन्त्री

३ बैशाख २०८०, आईतवार ११:२१

काठमाडौँ। आजै परराष्ट्रमन्त्रीको शपथ लिएका एनपी साउदले सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेका छन् ।

सो क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी सुरु गरिहाल्ने प्रतिक्रिया दिए ।

‘भर्खरै म कार्यालय आएको छु, कर्मचारीसँग ब्रिफिङ लिएर भ्रमणको तयारी अगाडि बढाउँछु,’ उनले भने । सत्ता गठबन्धनमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणकै तयारीका लागि परराष्ट्रमन्त्री नियुक्त गरिहाल्ने सहमति भएअनुसार साउदले आज शपथ लिएका थिए ।

प्रधानमन्त्रीले वैशाख दोस्रो सातासम्ममा भारत भ्रमण गर्ने तयारी भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्