Flash News

मेन्छियाम हाइड्रोपावरको आइपीओ बिक्री खुला

४ बैशाख २०८०, सोमबार १५:०८

काठमाडौं। मेन्छियाम हाइड्रोपावर लिमिटेडले आज (वैशाख ४ गते) देखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ ।

यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ बिक्री तथा बाँडफाँट गरेको कम्पनीले यसपटक भने सर्वसाधारणका लागि खुला गरेको हो ।

कम्पनीले जारी पुँजी ५४ करोड २५ लाख ८३ हजार ३०० रुपैयाँको ३० प्रतिशतले हुन आउने १६ करोड २७ लाख ७५ हजार रुपैयाँबराबरका १६ लाख २७ हजार ७५० कित्ता सेयर सर्वसाधारणमा निष्कासन गर्न अनुमति पाएको थियो ।

जारी पुँजीको १० प्रतिशत अर्थात् पाँच करोड ४२ लाख ५८ हजार ३०० रुपैयाँबराबरका पाँच लाख ४२ हजार ५८३ कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्ट्याएकामा पाँच लाख पाँच हजार ७८० कित्ता सेयर मात्र वितरण भएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीलाई कम्पनीले एक लाख आठ हजार ५१७ कित्ता सेयर बाँडफाँट गरिसकेको छ ।

कम्पनीले दुई प्रतिशत अर्थात् २२ हजार ४३९ कित्ता कर्मचारीलाई र पाँच प्रतिशत अर्थात् ५६ हजार ९९ कित्ता सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरी बाँकी नौ लाख ३४ हजार ९१५ कित्ता सेयर सार्वजनिक निष्कासनमा ल्याएको हो ।

आईपीओको बिक्री यही वैशाख ७ गते बन्द हुनेछ । उक्त अवधिसम्म मागानुसार आवेदन नपरे वैशाख १९ गतेसम्म आवेदन मिति लम्बिने जनाइएको छ । लगानीकर्ताले आईपीओ खरिदका लागि न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सक्नेछन् । यो आईपीओ बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्