Flash News

पीएलओले आइपीओ जारी गर्ने

१९ माघ २०७९, बिहीबार ०६:१९

मोरङ। मोरङको सुन्दरहरैंचामा रहेको पूर्वाञ्चल ल्युब आयल लिमिटेड ९पीएलओ०ले आईपीओ जारी गर्ने भएको छ। आगामी आर्थिक वर्षमा आईपीओ जारी गर्ने गरी पीएलओले सम्झौता गरेको छ । प्रभु क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त समेत गरेको छ।

शेयर निस्कासनका लागि भएको सम्झौता पत्रमा पीएलओका तर्फबाट प्रबन्ध निर्देशक भोलेश्वर दुलाल र क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले बुधबार हस्ताक्षर गरेका छन्। पीएलओको ४ लाख कित्ता शेयर अल्फा प्लस भेन्चर्स लिमिटेडले खरिद गरेको छ।

बुधबार नै अल्फा प्लस भेन्चर्सका तर्फबाट प्रबन्ध निर्देशक अंगिश घिमिरे र पीएलओका तर्फबाट प्रबन्ध निर्देशक दुलालबीच शेयर खरिदबिक्री सम्झौतामा समेत गरेका छन्। प्रालिका रूपमा रहेको पीएलओ पब्लिक कम्पनीमा गइसकेकाले सर्वसाधारणमा शेयर जारी गर्न लागिएको प्रबन्ध निर्देशक दुलालले बताए।

आगामी आर्थिक वर्षमा कम्पनीले ५ लाख कित्ता शेयर सर्वसाधारणमा प्रिमियम मूल्यमा बिक्री गर्ने जनाइएको छ । शेयरमध्ये १० प्रतिशत अर्थात् ५० हजार कित्ता शेयर स्थानीयवासीलाई र ५० हजार कित्ता शेयर कर्मचारीलाई बिक्री गरी बाँकी रहेको ४ लाख कित्ता शेयर सर्वसाधारणमा बिक्री गरिने प्रबन्ध निर्देशक दुलालले बताए ।

प्रतिक्रिया दिनुहोस्