Flash News

ढाका कुमार श्रेष्ठको सांसद पद रिक्त

१२ बैशाख २०८०, मंगलवार १३:१५

काठमाडौं। ढाका कुमार श्रेष्ठको सांसद पद रिक्त भएको छ। सभामुख देवराज घिमिरेले उनको सांसद पद रिक्त भएको जानकारी प्रतिनिधिसभाका सुनाउने तय भएको छ।

एक व्यापारीसँग दुई करोड माग गरेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई कारबाही गरेको थियो ।

रास्वपाले कारबाही गरेको पत्र दिएपछि त्यस अनुसार सभामुख घिमिरेले श्रेष्ठको पद रिक्त भएको जानकारी संसदलाई गराउन लागेका हुन्।

सभामुख घिमिरेको सचिवालयका एक अधिकारीले अनलाइनखबरसँग भने,‘श्रेष्ठको पद रिक्त हुने निर्णय सभामुखको तर्फबाट भएको छ। सोही जानकारी संसदलाई गराउने तय भएको हो।’

प्रतिक्रिया दिनुहोस्