राजनीनिती

एमाले कर्णाली प्रदेश सम्पर्क कमिटीको बैठक सम्पन्न

२३ कार्तिक २०८२, शनिबार २१:१५

काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटीको पुर्ण बैठक नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटीको कार्यालय, बागबजारमा सम्पन्न भएको छ ।

बैठक नेकपा एमाले केन्द्रिय कमिटी सदस्य तथा कर्णाली प्रदेश सम्पर्क कमिटी ईन्चार्ज कल्पना थापाको प्रमुख आतिथ्यतामा, सम्पर्क समन्वय कमिटीका सह संयोजक थानेश्वर बस्यालको बिशेष आतिथ्यतामा, सम्पर्क समन्वय कमिटीका सचिवालय सदस्य सत्यादेबी खड्का, सदस्यहरु जेबी शाही, सिता नेपाल, राजनबाबु चन्द र देविलाल रावलको आतिथ्यतामा सम्पन्न भएको थियो ।

बैठक कर्णाली प्रदेश सम्पर्क कमिटीका अध्यक्ष भक्त ब. रावत र संचालन सचिव लोकेन्द्र रोकाले गर्नु भएको थियो ।

बैठकमा नेकपा एमालेको आसन्न महाधिबेशन र मंसिर ६ गते हुन गई रहेको जनप्रदर्शनको तयारी सम्वन्धमा ब्यापक छलफल भई निर्णय गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्