Flash News

रवि लामिछाने झण्डै ४३ हजार मतान्तरले विजयी

१२ बैशाख २०८०, मंगलवार १३:१५

चितवन। चितवन क्षेत्र नम्बर २ को उपचुनावमा गत मंसिरको भन्दा ५ प्रतिशत कम मत खसे पनि रास्वपा अध्यक्ष रवि लामिछानेले पाएको मत भने बढेको छ।

जित सुनिश्चित गरिसकेका लामिछानेले ८ हजार मत गन्न बाँकी छँदा ५० हजार मत कटाएका छन्। जुन उनले गत मंसिरको चुनावमा पाएको भन्दा बढी हो। मंसिरमा उनले ४९ हजार ३०० मत पाएका थिए।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार गत मंसिरमा ६७।६३ पहिला खसेकोमा यसपटक भने ६२।७७ प्रतिशत मत खसेको थियो। चितवन २ को उपचुनावमा कुल १ लाख २४ हजार ६९५ मतदाता रहेकोमा ७८ हजार २७७ मत खसेको थियो।

जसमध्ये ७० हजार २३९ मत गनिसक्दा लामिछानेले ५० हजार ७९ मत पाएका छन्। नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ९ हजार १६५ र नेकपा एमालेका रामप्रसाद न्यौपानेले ८ हजार ८७७ मत पाएका छन्।

प्रतिक्रिया दिनुहोस्