राजनीनिती

थप १३६ जनामा कोरोना संक्रमण पुष्टि

१२ बैशाख २०८०, मंगलवार १३:१८

काठमाडौँ। पछिल्लो २४ घण्टामा १३६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ५९१ जनामा गरिएको नमुना परीक्षणमा १३६ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३९० पुगेको मन्त्रालयले जनाएको छ । सोही अवधिमा ६४ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्