Flash News

कोरोनाका कारण एक जनाको मृत्यु, ५१ जना संक्रमित

१६ बैशाख २०८०, शनिबार १३:२४

काठमाडौँ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शनिबार उपचारका क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको हो। पछिल्लो २४ घण्टामा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एक हजार दुई सय ३८ जनामा गरिएको परीक्षणमा ५१ जनामा कोरोना सङक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

त्यस्तै ३५ जना संक्रमणमुक्त भएका छन्।  हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३६१ रहेको छ। यस्तै संस्थागत आइसोलेसनमा २७, सघन उपचार कक्ष (आईसीयू) मा आठ र भेन्टिलेटरमा एक जना उपचाररत छन्।

प्रतिक्रिया दिनुहोस्