Flash News

भौतिक मन्त्रालयको बजेट सबैभन्दा धेरै कटौती भयो: मन्त्री ज्वाल

१७ बैशाख २०८०, आईतवार १४:२४

काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आगामी आर्थिक वर्षमा भौतिक मन्त्रालयको बजेट सबैभन्दा धेरै कटौती भएको बताएका छन्।

आइतबार काठमाडौँमा पेशागत महासंघ नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी आर्थिक वर्षमा मन्त्रालयको बजेट ५४ अर्ब कटौती भएको बताए। मन्त्री ज्वालाले चालु आर्थिक वर्षमा १६३ अर्ब बजेट रहेको भएपनि आगामी आर्थिक वर्षका लागि ११३ अर्ब बजेटको सिलिङ दिइएको बताए।

आगामी आर्थिक वर्षको बजेट गरिबको लागि खानेकुरा जस्तो बनेको उनले बताए। राजश्व संकलन कम भइरहेको र अर्थतन्त्रका सूचकांकहरु पनि खराब रहेको उनको भनाइ छ। मन्त्री ज्वालाले मन्त्रालयले आगामी आर्थिक वर्षमा आवश्यक काम गर्न नसक्ने पनि बताए।

प्रतिक्रिया दिनुहोस्