Flash News

कांग्रेसका नेता भण्डारी स्वदेश फिर्ता

१७ बैशाख २०८०, आईतवार १५:१७

काठमाडौँ। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी स्वदेश फर्किएका छन्। भारतको मुम्बईस्थित नेशनल बर्न अस्पतालमा उपचारपछि भण्डारी आइतबार स्वदेश फर्किएका हुन्।

गत फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्यास लिक हुँदा आगलागीमा परी गम्भीर घाइते भएका भण्डारी स्वास्थ्य उपचारपछि नेपाल वायुसेवा निगमको विमानमार्फत नेपाल फर्किएका छन्।

त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै आमा नभएको आफूलाई अहिले भर्खरै मात्रै थाहा भएको बताएका छन्। आगलागीमा घाइते भएकी भण्डारीकी आमा हरिकला भण्डारीको उपचारका क्रममा गत फागुन ४ गते निधन भएको थियो।

नेता भण्डारीले आफूलाई बाँच्नका लागि साथ र सहयोग गरेकोमा नेपाल सरकार, विभिन्न राजनीतिक दलका नेताहरु, सहकर्मीहरु सबैप्रति आभार र धन्यवाद व्यक्त गरे। नेता भण्डारीले आफू थप उपचारको लागि भारत गएकै दिन नेपाल सरकारले अर्को बर्न अस्पताल बनाउने निर्णय गरेकोमा खुसी लागेको उल्लेख गर्दै त्यस अस्पताल निर्माणको नेतृत्व पनि गर्न चाहेको बताए। सो अस्पतालको निर्माणमा सहयोग गर्न पनि सबैलाई उनले अपिल गरे।

प्रतिक्रिया दिनुहोस्