Flash News

देशका अधिकांश स्थानमा वर्षाको सम्भावना

१९ बैशाख २०८०, मंगलवार ०१:०१

काठमाडौँ। हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ।

आज दिउँसो कोशी, मधेस  र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका केही स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहनुका साथै तराईका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षाको  सम्भावना रहेको छ।

आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र देशका बाँकी भू-भागमा चट्याङ्गसहित मध्यम वर्षाको  सम्भावना रहेको महाशाखाले छ।

प्रतिक्रिया दिनुहोस्