Flash News

नेपाल र यूएईबीचको फाइनल खेल आज

१९ बैशाख २०८०, मंगलवार ०१:०५

काठमाडौँ। निरन्तर वर्षाका कारण सोमबार रोकिएको नेपाल र यूएईबीचको एसीसी प्रिमियर कपको फाइनल खेल आज हुँदैछ।

हिजो रोकिएकै चरणबाट बाँकी खेल आज हुने भएको हो। आज बिहान ९ बजेदेखि सुरु हुने नेपाल क्रिकेट संघ क्यानले जानकारी दिएको छ। फाइनल खेलका लागि यसअघि नै एक दिन थप ‘रिजर्भ डे’ राखिएको थियो। हिजो यूएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १ सय ६ रन बनाउँदा पानी परेपछि  खेल रोकिएको थियो।

टस हारेर ब्याटिङ गरेको यूएईका लागि आसिफ खानले सर्वाधिक ४६ रन बनाए भने आर्यन लाक्राले १३ तथा मुहमद वसिमले ११ रन बनाए। नेपालका लागि ललित राजवंशीले ३ तथा सन्दीप लामिछाने र करन केसीले २–२ विकेट लिएका छन्। गुल्सन झा र सोमपाल कामीले १–१ विकेट लिएका छन्।

प्रतिक्रिया दिनुहोस्