Flash News

११ दिनपछि निराको अन्त्येष्टि

१९ बैशाख २०८०, मंगलवार ०१:०५

 काठमाडौंँ। यही ७ वैशाखमा हत्या भएकी काठमाडौं कपन सरस्वतीनगरकी निरा पाण्डे आचार्यको सोमबार अन्त्येष्टि गरिएको छ।

प्रहरीले आइतबार हत्यामा संलग्नको आरोपमा झापाबाट विनोद बिकलाई पक्राउ गरेको थियो। त्यसको भोलिपल्ट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले निराको घर पक्षका आफन्तसँग छलफल गरेर शव जिम्मा लगाएको हो।

तर, माइती पक्षले भने प्रहरीको अनुसन्धानमा चित्त नबुझेको भन्द अन्त्येष्टिमा सहमति जनाएको छैन। निराको सोमबार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको आफन्त प्रकाश श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्