Flash News

देशका पहाडी भू-भागमा आज पनि वर्षा हुने

२१ बैशाख २०८०, बिहीबार ०२:११

काठमाडौँ। हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर मौसम प्रतिकूल देखिएको छ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। कोशी, मधेश र बागमती प्रदेश लगायत देशका पहाडी भू-भागमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति देशको पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। देशका पहाडी भू-भागमा भोलि पनि मौसम प्रतिकूल रहने महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्