Flash News

महिलालाई विज्ञापनको साधन बनाइनु हुँदैन: मन्त्री शर्मा

२१ बैशाख २०८०, बिहीबार ०९:५६

ललितपुर। सञ्चार तथा सचना प्रविधिमन्त्री रेखा शर्माले महिलालाई विज्ञापनको साधन बनाइनु नहुने बताएकी छन्। बिहीबार ललितपुरमा आयोजित विज्ञापनमा लैङ्गिक उत्तरदायित्व विषयक छलफल कार्यक्रममा बोल्दै मन्त्री शर्माले कुनै पनि कुराको विज्ञापन गर्दा महिला नै छनोट हुनुपर्ने अवस्था आउन दिन नहुने बताएकी हुन्।

उनले भनिन्,‘विज्ञापनको कन्टेन्ट लैङ्गिक संवेदनशील हुनुपर्छ। त्यसले कुनै विषयमा कतैपनि घोचपेच गरिएको हुनुहुँदैन। हाम्रो संविधान र कानुनमा भएको कुरा उल्लङ्घन भएको हुनुहुँदैन।

महिलालाई विज्ञापनको साधन बनाउनु हुँदैन। कुनै पनि कुराको विज्ञापन गर्दा महिला नै छनोट हुनुपर्ने किन ? विभिन्न खाले विज्ञापन हुन्छन्। महिलाहरूको सुन्दरताका कारणले पनि होला भन्नुभयो,तर त्यसो हो जस्तो मलाई लाग्दैन। सुन्दरता हरेक वस्तुमा हुन्छ, पुरुषमा हुन्छ, महिलामा हुन्छ। समाजका हरेक वस्तुमा हुन्छ, सुन्दरताकै कारण विज्ञापनको साधन बन्नुपर्छ भन्ने कुरा आफैँमा बेठिक छ। विज्ञापन कसैलाई घोचपेच गरेर आउनु हुँदैन।’

प्रतिक्रिया दिनुहोस्