राजनीनिती

‘चन्द्रागिरिका चार वडामा रास्वपाको अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन’

३ जेष्ठ २०८३, आईतवार ०८:५७

sharethis sharing button

काठमाडौं । वैकल्पिक राजनीतिको नारासहित उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो सांगठनिक जगलाई वडा तहसम्मै बलियो बनाउने अभियानलाई तीव्रता दिएको छ। यसै क्रममा काठमाडौँको चन्द्रागिरि नगरपालिकाका विभिन्न चारवटा वडाहरूमा रास्वपाको वडा अधिवेशन सफलतापूर्वक सम्पन्न भई नयाँ कार्यसमितिहरू चयन भएका छन्।

शनिबार एकैदिन चन्द्रागिरि नगरपालिकाका वडा नम्बर २, ४, ११ र १४ मा रास्वपाको वडा अधिवेशन सम्पन्न भएको हो।

चन्द्रागिरि नगरपालिका वडा नम्बर २ मा रामेश्वर प्रसाद भुर्तेलको नेतृत्वमा ९ सदस्यीय वडा कार्यसमिति निर्विरोध निर्वाचित भएको छ। नवनिर्वाचित समितिले स्थानीय स्तरमा पार्टीको एजेन्डालाई अघि बढाउने प्रतिबद्धता जनाएको छ।

यस्तै, चन्द्रागिरि वडा नम्बर ४ मा हेमन्त लामाको संयोजकत्वमा रास्वपाको नयाँ वडा समिति गठन गरिएको छ। युवाहरू माझ लोकप्रिय लामाको नेतृत्वले संगठन विस्तारमा थप ऊर्जा थप्ने विश्वास लिइएको छ।

चन्द्रागिरि वडा नम्बर ११ मा रवि सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ भने वडा नम्बर १४ मा विकास श्रेष्ठको नेतृत्वमा नयाँ समिति निर्वाचित भएको छ।

मिसन २०८४ लाई लक्षित गर्दै रास्वपाले देशैभर सांगठनिक संरचना चुस्त बनाउने नीति अनुरूप चन्द्रागिरिमा पनि आक्रामक रूपमा संगठन विस्तार र अधिवेशनलाई अगाडि बढाएको स्थानीय नेताहरूले बताएका छन्। नवनिर्वाचित सबै समितिहरूले आगामी दिनमा स्थानीय समस्याहरूको पहिचान र समाधानका लागि रचनात्मक भूमिका खेल्ने दाबी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्