Flash News

प्रधानमन्त्रीले विश्वासको मत लिनु नपर्ने निष्कर्ष

२३ बैशाख २०८०, शनिबार १५:०२

काठमाडौँ। सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनुनपर्ने निष्कर्ष निकालेको छ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकमा प्रधानमन्त्री प्रचण्डले फेरि विश्वासको मत लिनुनपर्ने निष्कर्ष निकाले हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनुनपर्ने माओवादी केन्द्रका प्रमुख सचेतक हिताराज पाण्डेले बताए ।  यसअघि प्रधानमन्त्रीले विश्वासको मत लिँदा रास्वपाले विश्वासको मत दिएको तर सरकारमा सहभागी नभएकाले पुनः विश्वासको मत लिनुनपर्ने बैठकमा नेताहरुले जोड दिएको उनले बताए ।

यस्तै बैठकमा प्रदेश सरकारलाई पूर्णता दिने विषयमा पनि छलफल भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बारेमा पनि छलफल भएको एक नेताले बताए । जनतामा निराशा देखिएकाले कस्ता योजना समेट्ने भन्ने विषयमा छलफल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्