Flash News

यार्सा टिप्न गएका तीन जना बेपत्ता

२४ बैशाख २०८०, आईतवार ००:५६

मुगु। हिमपहिरोमा परेर जुम्लाका तीन जना बेपत्ता भएका छन्।

जुम्लाको पातारासि गाउँपालिका२ तल्फि गाउँका तारासिंह सार्की, पुन्न सार्की र बीरबोहोरा बेपत्ता भएको जुम्लाको पातारासि गाउँपालिकाका अध्यक्ष पुन्न सिंह बोहोराले बताए।

अन्दाजी १२ देखि १३ जनाको टोली मध्ये ३ जना बेपत्तामा परेको बोहोराको भनाई छ। उनीहरू मुगुको मुगुम कार्मारोङ्ग गाउँपालिका २ च्यार्खु भन्ने लेकमा शनिबार बेपत्ता भएका थिए।

उनीहरू यार्सा संकलनको लागि उक्त क्षेत्रमा गएको बुझिएको छ। थप विवरण आउन भने बाँकी रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ। बेपत्ता भएता तीन जनालाई उद्धार गर्न मुगुको जिल्ला प्रशासन कार्यालय, प्रदेश सरकार र संघीय सरकारलाई जानकारी गराएको जनाइएको छ। भौगोलिक अवस्थाले उद्धारमा समस्या देखिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्