Flash News

तीन दिन बजेट तयारीबारे संसदमा छलफल हुने

२४ बैशाख २०८०, आईतवार ०७:२२

काठमाडौँ। वैशाख २५ देखि २७ गतेसम्म बजेट तयारी (प्रि-बजेट)बारे प्रतिनिधि सभामा छलफल हुने भएको छ।

आइतबार बसेको संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकमा वैशाख २५ देखि २७ गतेसम्म प्रि-बजेटमाथि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म छलफल गर्ने र २७ गते अर्थमन्त्रीले जवाफ दिने कार्यतालिका तय भएको नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले जानकारी दिए।

यो बाहेक परामर्श समितिको बैठकमा सदनलाई प्रभावकारी बनाउन अनिवार्य रूपमा महिनाको एक पटक प्रधानमन्त्रीले संसदमा सांसदहरुले उठाएका विषयको जवाफ दिनुपर्नेबारेमा समेत छलफल भएको  छ। ‘सदनलाई प्रभावकारी बनाउने विषयमा छलफल हुँदा सांसदहरुको ई–हाजिरीको व्यवस्था गर्नुपर्ने तथा लगातार संसदमा बस्ने सांसदको नाम सदनमा प्रस्ताव गरिनुपर्ने र सभामुख र उपसभामुख तटस्थ हुनुपर्ने विषयमा पनि छलफल भयो’, खतिवडाको भनाइ छ।

अर्थमन्त्रीले प्रिबजेटमाथि उठेका प्रश्नको जवाफपछि सरकारको नीति तथा कार्यक्रम आउने र जेठ १५ गते बजेट ल्याउने तयारी छ।

प्रतिक्रिया दिनुहोस्