Flash News

माधव नेपाल र वामदेव गौतमबीच पार्टी एकताबारे छलफल

२६ बैशाख २०८०, मंगलवार ११:४३

काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमबीच भेटवर्ता भएको छ।

मंगलबार एकीकृत समाजवादीको केन्दीय कार्यालयमा अध्यक्षद्वय नेपाल र गौतमबीच भेटवार्ता भएको हो। भेटवार्तामा एकीकृत समाजवादीका तर्फबाट अध्यक्षसहित महासचिव घनश्याम भुसाल, उपमहासचिव गंगालाल तुलाधार र नेता जीवनराम श्रेष्ठ सहभागी थिए। नेताहरुबीच पार्टी एकताका विषयमा कुराकानी भएको समाजवादीका नेता जीवनराम श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्