राजनीनिती

बालकृष्ण खाणलाई निलम्बन गर्ने तयारी

२८ बैशाख २०८०, बिहीबार ०१:३४

काठमाडौँ। नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ।

पार्टी नेता तथा पूर्व गृह मन्त्री बालकृष्ण खाँण पक्राउ परे पछि उत्पन्न परिस्थितिका बारेमा छलफल गर्नका लागि आज पनि बैठक बस्न लागेको हो।

हिजो बसेको बैठकमा खाँणका बारेमा प्रारम्भिक छलफल भए पनि उनी माथि प्रहरी अनुसन्धान जारी रहेको र सो अनुसन्धान परिपक्व नभएको भन्दै कुनै निर्णय गरिएको थिएन।

यद्यपि महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले खाँणलाई निलम्बन गरेर अनुसन्धानमा सहयोग गर्न प्रस्ताव गरेका थिए। आज बस्ने बैठकले खाँणलाई निलम्बन गर्न सक्ने बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्